एफएनसीसीआई कार्यकारिणी समितिमा अरुण सुमार्गी मनोनित



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को कार्यकारिणी समिति सदस्यमा व्यवसायी अरुण कुमार सुमार्गी मनोनित भएका छन् ।

महासंघ अध्यक्ष भवानी राणाले उनलाई आज कार्यकारिणी समितिमा मनोनयन गरेकी हुन् ।

यस अघि महासंघको केन्द्रिय कार्यकारिणी समितिमा रहेर काम गरेका सुमार्गी गएको चैत २९ गते भएको महासंघको निर्वाचनमा चुनावमा उम्मेदवारको रुपमा सहभागी थिएनन् ।

उनी महासंघ प्रदेश नम्बर ३ को अध्यक्षका बलिया दाबेदार समेत थिए । तर महासंघका निवर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठलाई उनले प्रदेश अध्यक्षमा अवसर दिए ।

‘मेरो स्वभाविक दाबेदारी प्रदेश अध्यक्षमा थियो तर दिनेश दाईलाई अध्यक्ष बनाउने कुरा भएपछि मैले छाडेको हुँ,’ मनोनित भएपछि क्लिकमाण्डुसँग कुरा गर्दै सुमार्गीले भने ।

महासंघ भित्रै रहेर चेम्बर आन्दोलनमा सहभागी हुने आफ्नो इच्छा रहेकाले पुनः केन्द्रिय कार्यसमितिमा आएको उनले बताए ।


क्लिकमान्डु