हुन्डाई मोटर्सको कोना सार्वजनिक



हुन्डाई मोटर्सले आफ्नो सब–कम्प्याक्ट एसयूभी कोना कोरियामा सार्वजनिक गरेको छ ।

यो कार यही वर्षको सेप्टेम्बरमा अष्ट्रेलियामा लन्च गरिने छ । जुन १३ मा यसको वल्र्ड प्रिमियर समेत गरिएको छ । यो एसयूभी सबैभन्दा पहिले कोरिया र त्यसपछि उत्तर अमेरिका र युरोपमा बिक्री गरिने छ ।

हुन्डाई कोनाको प्रतिस्पर्धा मारुती सुजुकी भिटारा ब्रेजा र फोर्ड इकोस्पोर्टसँग हुनेछ । त्यसैगरी ग्लोबल मार्केटमा यसको प्रतिस्पर्धा किया मोटर्सको स्टोनिकसँग पनि हुनेछ ।
हुन्डाई कोनाको लुक्स क्रसओभरको जस्तै छ । यसको वाहिरी भागमा एलईडी हेडल्याम्पका साथै डे टाइम रनिङ लाइट छ । त्यसैगरी यसमा डीआरएलका साथ टु–टायर हेडल्याम्प सेटअप छ, जसलाई प्राइमरी ल्याम्पको माथि राखिएको छ । ग्रिलको सेन्टरमा ब्रान्ड लोगो छ ।

हुन्डाई कोना १ लिटर र १.४ लिटर टर्बोचाज्र्ड पेट्रोल र १.६ लिटर डिजेल इन्जिन अप्सनमा उपलब्ध छ । यसमा हुन्डाई आई ३० ह्याचब्याकमा जस्तै इन्जिन छ । यसमा ६–स्पिड म्यानुअल र ७–स्पिड ड्युअल क्लच गियरबक्सको अप्सन छ ।


क्लिकमान्डु