मतगणना भएका ठाँउमा एमालेले अग्रता लियो, काँग्रेस पक्ष्याउँदै



काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएका प्रदेशहरुको मतगणनाजारी रहेको छ । बिहानबाट तीनै प्रदेशमा नेपाली काँग्रेसले अग्रता लिएपनि अन्य स्थानीय तहको मतगणना सुरु भएसँगै एमालेले अग्रता बनाउँन सुरु गरेको हो ।

प्रदेश नम्बर १ मा हालसम्म ५० स्थानको प्रारम्भिक परिणाम आएकोमा उसले २६ स्थानमा अग्रता लिएको छ भने, नेपाली काँग्रेसले २० स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले ४ स्थानमा अग्रता बनाएको छ ।

प्रदेश नम्बर ५ मा एमाले १ स्थान पछाडी रहेको छ । त्यहाँ ५३ स्थानको प्रारम्भिक परिणामा काँग्रेसको १८ र एमलेको १७ स्थानमा अग्रता रहेको छ ।

प्रदेश नम्बर ७ मा ४६ स्थानको नतिजामा एमाले र काँग्रेसले समान १६/१६ स्थानमा अग्रता लिएका छन् ।


क्लिकमान्डु