मतगणना सुरु प्रारम्भिक अग्रता काँग्रेसलाई, तीन ठुला पार्टीबीच कडा प्रतिस्प्रर्धा 




काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तरगत बुधबार सम्पन्न भएका ३ प्रदेशका ३५ जिल्लाका केही स्थानीय तहमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएका स्थानहरुमा काँग्रेस, एमाले र माओवादी केन्द्रबीचनै प्रतिस्प्रर्धा हुने देखिएको छ ।

१ महानगरसहित ३३४ स्थानीय तहमध्ये केही गाउँपालिका र नगरपालिको प्रारम्भिक मत परिणाम समेत सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार गणना भइरहेका १० नगरपालिकामध्ये ६ वटामा कांग्रेसले अग्रता लिएको छ ।

तीन प्रदेशमा हाल सम्म १३ वटा तहका प्रमुखमा नेपाली काँग्रेस, ९ तहमा नेकपा एमाले, ७ वटा तहमा माओवादी केन्द्र र ३ तहमा फोरम लोकतान्त्रिकले अग्रता लिएको छ ।

डोटीका दीपायल सिलगढी र शिखर, कञ्चनपुरको महाकाली, बैतडीको मेलौली र रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेस उम्मेदवारले सुरुवाती अग्रता लिएका छन ।

प्रदेश नम्बरका १ मा ३ वटा तहमा नेपाली काँग्रेस, २ वटामा माओवादी केन्द्र तथा एमालेले ४ वटा स्थानमा सुरुवाती अग्रता लिएका छन । त्यस्तै प्रदेश नम्वर ५ मा नेपाली काँग्रेस र माओवादी केन्द्र ४÷४ स्थानमा अग्रता लिएका छन । त्यस्तैगरी एमालेले २ स्थानमा अग्रता लिएको छ ।

प्रदेश नम्बर ७ मा पनि नेपाली काँग्रेसले ६ वटा तहमा सुरुवाती अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्र १ र एमालेले ३ स्थानमा अग्रता लिएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहको नेतृत्वका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा थिए । जसबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । आज मतदाताहरु पानी परेकोले बिहान ७ बजेदेखिनै छाता ओडेर मतदानको लागि लाइनमा बसेका छन् ।

तीन प्रदेशका ३५ जिल्लामा १ महानगर ७ उपमहानगर तथा २ सय १५ गाउँपालिकामा नेतृत्व हात पर्न ठुला पार्टीहरुकै प्रतिस्प्रर्धा हुने देखिन्छ । आज हुने निर्वाचनले २ हजार ८ सय ७४ वडा अध्यक्ष समेत चुन्ने छ ।


क्लिकमान्डु