भवन निर्माण संहिता संशोधन गर्न आवश्यक




काठमाडौं । इन्जिनियरले भवन निर्माण संहिता संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल इन्जिनियर एसोसिएसन र सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय परियोजना कार्यान्वयन एकाइले आज ललितपुरमा आयोजना गरेको ‘भवन निर्माण संहिता संशोधनको आवश्यकता’ विषयक गोष्ठीमा सरोकारवालाले २० वर्ष पुरानो भवन निर्माण संहिता अहिलेका लागि अनुउपयुक्त भएकाले नयाँ संहिता निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले स्थानीय निकायमा जनप्रतिनिधि आएकाले पुनःनिर्माणकोे कामलाई योजनाबद्ध रुपमा अघि बढाइने उनले बताए ।

नेपाल इन्जिनियर एसोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले विकसित देशमा २/३ वर्षमा नै कानुन अद्यावधिक गरे पनि नेपालमा संहितामा बनेको दुई दशकसम्म पनि संशोधन हुन नसकेको बताए । रासस


पुष्प दुलाल