बिराटनगर महानगरपालिकामा ७ पूर्वमन्त्रीले मतदान गर्दै




काठमाडौं । बिराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट ७ जना पूर्वमन्त्रीले मतदान गर्दैछन् ।

पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरीराजमणि पोखरेल, उपेन्द्र यादव र गोपी आछामीले मतदान गर्दैछन् ।

सुजाता कोइरालाले बिराटनगरस्थित आदर्श स्कुल मतदान केन्द्र र डा. मिनेन्द्र रिजालले पोखरिया स्कुल मतदान केन्द्रबाट मतदान गर्दैैछन् । त्यस्तै महेश आचार्यले जनता स्कुल, गिरिराजमणि पोखरेलले जमुनगाछी मतदान केन्द्र र सांसद शिवकुमार मण्डलले सुनवर्सी नगरपालिकाबाट मतदान गर्ने दलले जनाएका छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले बिराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्दैैैछन् ।

बिराटनगरबाट मत दिने अन्य नेताहरुमा डा. डिला संग्रौलाले जनपथ मावि, अमृत अर्यालले महेन्द्र मोरङ मतदान केन्द्र, नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी अञ्चल इञ्चार्ज जीवन घिमिरेले तीनटोलिया र गुरु बरालले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट भोट हाल्नेछन् । डा. शिवमाया तुम्बाहाम्फेले उर्लाबारी नगरपालिकाबाट मतदान गर्नेछन् ।


क्लिकमान्डु