प्रधानमन्त्रीले गरे मतदान, कुन नेताले कहाँबाट मतदान गरे ?



काठमाडौं । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहको नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । जसमा प्रमुख दलका ठुला नेताहरुले समेत मतदान गरेका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गरेका छन् । उनले भर्खरै गन्यापधुरा गाँउपालिकामा मतदान गरेका हुन् ।

सभामुख ओनसरी घर्तीले पनि मतदान गरेकी छन् । उनले रोल्पा नगरपालिका वडा नम्बर ७ को बालउद्य मावि जंगकोटबाट मतदान गरेकी हुन् । त्यस्तैगरी नेपाली कांग्रेसका पूर्वमहामन्त्री केवी गुरुङ इलामको बाल्मन्दिर केन्द्रमा मतदान गरेका छन् ।

संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले बिराटनगरको डिग्रि क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् ।

राप्रपा नेता दीपक बोहोराले रुपन्देहीको भैरहवाबाट मतदान गरेका छन् । उनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को खजाना निमावी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

बिराटनगर महानगरपालिकामा कांग्रेस नेता शेखर कोइराला मतदान गरेका छन । इलामको बालमन्दिर केन्द्रमा पूर्व सभामुख एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतदान गरेका छन् ।

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले अछाम जिल्लाको साँफेबगर नगरपालिका वार्ड नं ६ स्थित चन्द्रोदय आधारभूत प्राबि मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमले विहान सातै बजे मतदान गरेका छन् । गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


क्लिकमान्डु