दोस्रो चरणको स्थानीय निकाय चुनावः ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा




काठमाडौं । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहको नेतृत्वका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा छन । जसबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । आज मतदाताहरु पानी परेकोले बिहान ७ बजेदेखिनै छाता ओडेर मतदानको लागि लाइनमा बसेका छन् । तीन प्रदेशका ३५ जिल्लामा १ महानगर ७ उपमहानगर तथा २ सय १५ गाउँपालिकामा नेतृत्व हात पर्न ठुला पार्टीहरुकै प्रतिस्प्रर्धा हुने देखिन्छ । आज हुने निर्वाचनले २ हजार ८ सय ७४ वडा अध्यक्ष समेत चुन्ने छ ।

जिल्ला- ३५
स्थानीय निकाय- ३३४
महानगर- १
उपहानगर- ७
नगरपालिका- १११
गाउँपालिका- २१५
कुल वडा संख्या- २८७४
मतदाता संख्या- ६४,३२,७६५
मुलुकभरका कुल मतदाता- १,४०,५४,४८२
कुल मतदान केन्द्र- ८,३६४

 


क्लिकमान्डु