अमेरिकी कम्पनी जनरल मोटर्सका गाडी भारतमा बिक्री ठप्प, बिक्रेता आन्दोलनमा



जनरल मोटर्सका बिक्रेताहरुले भारतमा गाडी बिक्री ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन । भारतमा रहेको जनरलमोटर्सको कार्यलय “जन्तर मन्तर” मा आज मंगलबार देखि धर्ना दिने कार्यक्रम समेत राखेका छन् ।

अमेरिकन गाडी उत्पादक कम्पनी जनरल मोर्टस कम्पनीले बिक्रेतालाई दिदै आएको कमिसनमा भारी कटौति गरेसंगै बिक्रेताहरु आन्दोलनमा उत्रिएका हुन । भारतमा ९६ वटा बिक्रेताका १ सय ९६ वटा सोरुम रहेका छन । भारतमा सन् २००९ यता ६६ लाख जनरल मोटर्सका कारहरु बिक्री भइसकेका छन् ।

उक्त आन्दोलनलाई अटो मोवलाइल्स डिलर्स एसोसिएसन महासंघ (फाडा)ले समेत सहयोग गर्ने भएको छ । बिक्रेताहरुले माग सम्बोधन नभए अझै कडा आन्दोलन गर्ने चेतवानी दिएका छन । भारतमा जनरल मोर्टसको बजार हिस्सा १२ प्रतिशत रहेको छ ।

अमेरिकामा सन् १९०८ मा स्थानापना भएको उक्त कम्पनीमा हाल २ लख १५ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन । भारतमा पनि सन् १९९५ देखिनै जनरल मोटर्सका गाडीहरु उत्पादन सुरु भएको थियो । हाल भारतको मुख्य कार्यलयमा ४ हजार भन्दा बढी कार्यरत छन् ।

जनरल मोटर्स भारतमा पाँचौ ठुलो गाडी उत्पादक तथा बिक्री कम्पनीमा पर्छ । प्यासेन्जर कार तर्फ भारतमा मारुती सुजुकी, हुन्डाई, टाटा मोटर्स र महिन्द्रा पछि जनरल मोटर्सका गाडी धेरै बिक्री हुने पर्छ ।


क्लिकमान्डु