निगमको बोइङ जहाज ५ दिनदेखि ग्राउन्डेड, तीन गन्तव्य प्रभावित



फोटोः (एभिएसन नेपालबाट) निगमको ग्राउन्डेड जहाज

काठमाडौं । नेपाल वायुसेवा निगमको बोइङ ७५७ को एउटा इन्जिनमा समस्या देखिएपछि पाँच दिनदेखि ग्राउन्डेड भएको छ ।

बोइङ ७५७ –९ एन एसीबी कल साइन गण्डकी नामको विमानको दायाँ इन्जिनमा समस्या आएपछि जहाज ग्राउन्डेड भएको हो ।

विमान ग्राउन्डेड भएपछि निगमको हाल दोहा, क्वालालम्पुर, बैंग्लोर उडान प्रभावित भएका छन् । विमानमा देखिएको समस्या समाधानका लागि निगमको बोइङ विमान मर्मतको जिम्मा पाएको सिंगापुरको एजेन्सीले इन्जिनियर नेपाल आएका छन ।

विमान मर्मत भइरहेकोले अझै केही दिन लाग्ने निगमले जनाएको छ । निगमसंग भएका दुइटा बोइङमध्ये एक मात्रै उडानमा रहेको छ । नाइनएन एसीए कल साइन भएको अर्को विमान उडानमा छैन । उक्त विमान लिलामको प्रक्रियामा छ ।

निगमले हाल ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । हाल दुबई, बैंकक, दिल्ली, मुम्बई, हङकङमा एयरबस ए–३२० ले उडान भर्दै आएको छ । निगमसँग हाल दुइटा एयरबस विमान छन् ।


क्लिकमान्डु