दराज केमु अनलाईन प्लेटफर्ममा मोबाइल सप्ताह, ५० प्रतिशतसम्म सस्तोमा मोबाइल पार्इने



काठमाडौं । अनलाइन प्लेटफर्म दराज केमूले नेपालमा पहिलो पटक अनलाइन ‘मोबाइल विक’ आयोजना गर्ने भएको छ । कम्पनीले सबैभन्दा उत्कृष्ट मूल्यमा मोबाइल र त्यसका एसेसरिज उपलब्ध गराउने गरि यहि असार १९ गतेदेखि ‘मोबाइल विक २०१७’ आयोजना गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीका नेपालस्थित प्रबन्ध निर्देशक राजिव अमात्यले यसअघिको ‘ब्ल्याक फ्राइडे’को सफलताबाट उत्साहित हुँदै केमुडटकम डटएनपीमा मोबाइल विक आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘नेपालमा अनलाइन मार्केटको ग्रोथ राम्रो छ, मोबाइल विकमा दैनिक ४० गुणा बढि बिक्री हुने अपेक्षा गरेका छौं,’ उनले भने ।

कम्पनीले ५ दिनसम्म आयोजना गर्ने सो मोबाइल विकमा बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा विभिन्न ब्राण्डका फोनहरु किन्न सकिने जानकारी दिएको छ । सप्ताह अवधिभर अनलाइन स्टोरमा नेपालमा अधिक प्रयोगमा रहेका सबै ब्राण्डका मोबाइलहरु ५० प्रतिशतसम्म छुटमा किन्न पाइन्छ ।

दराज केमू मोबाइल विक २०१७ मा वानप्लस, जावोमी, एप्पल, ह्वावे, सामसङ, नोकिया, माइक्रोम्याक्स लगायतका मोबाइल ब्राण्डहरुमा फ्ल्यास सेल तथा अफर मूल्यमा मोबाइल फोन बिक्री गरिने बताईएको छ ।

त्यसैगरि स्मार्टवाच, हेडफोन, ईयरफोन, ब्लूटूथ स्पीकर, पावरब्यांकलगायतका एसेसरिज छुट मूल्यमा उपलब्ध गराउने कम्पनीले उल्लेख गरेको छ ।

मोबाइल विक यहि असार १९ गतेदेखि असार २३ गते सम्म आयोजना हुनेछ ।


क्लिकमान्डु