असारभित्रै काठमाडौंका सडक झिलिमिलि



काठमाडौं । काठमाडौं महानगरभित्रका मुख्य-मुख्य सडकहरु सडक असार मसान्तसम्म झिलिमिलि हुने भएको छ । महानगरपालिकाले १२ सय ८५ वटा सोलार बत्तिका माध्यमबाट सडक झिलिमिलि बनाउन लागेको हो ।

महानगरले काडमाडौंको सडक झिलिमिलि बनाउनका लागि बिके ट्रेर्डस एण्ड सप्लायर्सलाई १२ सय ८५ वटा सोलार प्यानल सडकमा जडान गर्ने जिम्मा दिएको छ ।

श्रीवास्तबका अनुसार रातको समयमा २० देखि ३० वटा सोलार प्यानल जडान गरिराखिएको छ । बर्षात, कुनै ठाउँमा फुटपाथ नभएको र विजुलीको हाइस्टेसन तारको मुनि प्यानल जडान गर्नु पर्ने भएकाले केहि प्राविधिक समस्याको सामना गर्नु परेको उनको अनुभव छ ।

सार्वजनिक निजी साझेदारी अन्तरगत सप्लायर्सले २०७३ कात्तिकदेखि सडकमा जडान गरिरहेको छ । सोलार प्यानलको लागत २४ करोड ३७ लाख रुपैयाँ छ ।

यसरी जडान गरिएका सडक बत्ति अबको १० बर्षपछि महानगर अन्तरगत आउने ब्यवस्था गरिएको छ ।

बिके ट्रेर्डस एण्ड सप्लायर्सका निर्देशक रोशन श्रीवास्तवले महानगरका सडकमा असार मसान्तसम्म झिलिमिलि पारिने जानकारी दिएका छन् ।

‘हालसम्म महानगरका सडकमा ५ सय ६० वटा सोलार प्यानल जडान गरिसकिएको छ, हामी असार मसान्तसम्म काम सक्ने गरी तीब्र गतिमा प्यानल जडान गरिरहेका छौं,’ निर्देशक श्रीवास्तवले क्लिकमाण्डूसँग भने ।

श्रीवास्तबका अनुसार रातको समयमा २० देखि ३० वटा सोलार प्यानल जडान गरिराखिएको छ । बर्षात, कुनै ठाउँमा फुटपाथ नभएको र विजुलीको हाइस्टेसन तारको मुनि प्यानल जडान गर्नु पर्ने भएकाले केहि प्राविधिक समस्याको सामना गर्नु परेको उनको अनुभव छ ।

‘हाइस्टेसनको तल सोलार प्यानल राख्नका लागि विद्युत प्राधिकरणसँग कुराकानी भईरहेको छ, विद्युत प्राधिकरणले हाइस्टेशन तल सोलार प्यानल राख्ने समय विद्युत काटेर सहयोग गर्ने अपेक्षा राखिएको छ,’ उनले भने ।

सोलार प्यानल राखिसकिएको स्थान

श्रीवास्तवका अनुसार कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपूरेश्वर, कृष्णपाउरोटी चोक, ज्ञानेश्वर, गौशला, पूरानेबानेश्वर, चावहिलसम्म सोलार प्यान जडान गरिसकिएको छ ।

सोलार प्यानल

कलंकी, त्रिपुरेश्वर, थापाथली चोक, माइतिघर चोक, केशरमहल चोक, ठमेल क्षेत्र, क्षेत्रपाटी, सोह्रखुट्टे चोक, बालाजु हुँदै नयाँ बसपार्क क्षेत्रसम्ममा ४ सय सोलार बत्ति राखिने छ ।

दरबारमार्ग महेन्द्र शालिक चोक, काठमाडौं प्लाजा, कृष्ण पाउरोटी चोक, ज्ञानेश्वर चोक, मैतिदेवी-बत्तिसपुतली सडक खण्ड, मैतिदेवी डिल्लीबजार पुतलीसडक खण्डसम्म ३ सय वटा सोलार बत्ती राखिने महानगरले जानकारी दिएको छ ।

पुरानो बानेश्वर चोकबाट नयाँ बानेश्वर, शंखमुल पुल, तीनकुने, कोटेश्वर, जडिबुटी, नरेफाट, पुरानो बानेश्वरबाट भिमसेन गोला हुँदै सिनामंगल चोकसम्म ३ सय ८५ वटा बत्ति राखिने छ ।

अनामनगर हनुमानथान, बिजुली बजार, नयाँ बानेश्वर खण्ड, गौशला, चाबहिल, चुच्चेपाटी, बौद्ध हुँदै जोरपाटीसम्म २ सय वटा बत्ति राखिने छ ।


पुष्प दुलाल