अमेरिकाले मेक्सिको सिमामा पर्खाल लगाएरै छाड्छ: राष्टपति ट्रम्प



मेक्सिको सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिएका छन् ।

उनले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन् ‘मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन् ।’

मेक्सिकोमा लागू औषधका कारण वर्षेनी त्यतिधेरै सङ्ख्यामा नागरिकको ज्यान जाने गरेको भन्दै उनले भनेका छन् ‘त्यसकारण पनि अमेरिकाले मेक्सिकोको सीमानामा पर्खाल निर्माण गर्ने छ ।’

उनले भनेका छन्– हामीले पर्खाल लाउँछौँ, कुनै पनि हालतामा हामीले सीमामा पर्खाल ठडाउँछौँ ।

हालै लन्डनबाट सम्प्रेसित एक रिपोर्टमा मेक्सिको सिरियापछिको सबैभन्दा धेरै मानिस मारिने देशका रुपमा सन् २०१६ मा आएको जनाइएको थियो ।

राष्ट्रपति ट्रम्पले त्यसैका आधारमा सो ट्वीट गरेको बताइएको छ । यस भनाईपछि मेक्सिकोको भने कुनै प्रतिक्रिया आएको छैन ।


क्लिकमान्डु