एरो ब्रिक्सको र्इँटा बजारमा, परम्परागत र्इँटाभन्दा सस्तो



काठमाडौं । एरो ब्रिक्स प्रालिले एसीसी प्रविधिमा आधारित  ब्लक्स र्इँटा बजारमा ल्याएको छ । चितवनमा कारखाना रहेको कम्पनीले ल्याएको एसीसी ब्लक्स विदेशमा लोकप्रिय छ ।

जर्मनी प्रविधि प्रयोग गरेर एसीसी ब्लक्स ल्याएको कम्पनीका कार्यकारी निर्देशक सुभाष अधिकारीले बताए । ‘यो र्इँटा परम्परागत रातो इटाभन्दा हलुका छ, यो र्इँटा प्रयोग गरेपछि प्लास्टर गर्नु पर्दैन,’ अधिकारीले पत्रकार सम्मेलनमा भने ।

कम्पनीमा ५० करोड लगानी भएको छ । कम्पनीका कार्यकारी निर्देशक बाबुराजा रावलले एसीसी ब्लक्सले घर निर्माणमा पुरानो प्रविधिलाई विस्थापित गर्ने बताए ।

परम्परागत र्इँटा भन्दा हलुका हुने एसीसी ब्लक्सको मुल्य आकार अनुसार फरक छ । ८ इन्चको इटाको मुल्य २ सय ६५ रुपैयाँ पर्छ । यो र्इँटाको साइज १८ वटा परम्परागत इटा बराबर हुने छ ।

कम्पनीले युरोपमा प्रयोग भएको प्रविधिमा एसीसी ब्लक्स निर्माण गरेको भन्दै नेपालमा निर्माणको क्षेत्रमा नौलो प्रविधि हुने बताएको छ ।


क्लिकमान्डु