रामदेवका थप औषधीमाथि सरकारले प्रतिबन्ध लगायो



काठमाडौं । सरकारले योगगुरु रामदेवको आयुर्वेद कम्पनीले उत्पादन गर्ने थप औषधीमाथि प्रतिबन्ध लगाएको छ ।

औषधी व्यवस्था विभागले बजार अनुगमन गर्दा गुणस्तरहिन पाइएपछि रामदेवको कम्पनीबाट उत्पादन हुने ६ र अर्को एक भारतीय कम्पनीबाट उत्पादन एउटा औषधीलाई रिककल लैजान भनेको छ ।

यसभन्दा अगाडिपनि रामदेवको कम्पनीले उत्पादन गर्ने चार प्रकारका औषधीमाथि प्रतिबन्ध लागेको थियो ।

दिब्या फार्मेसीबाट उत्पादन हुने औषधी नेपालमा पतन्जली आयुर्वेदिक केन्द्र बिक्री हुँदै आएको थियो ।

औषधी व्यवस्था विभागका अनुसार गुणस्तरहिन भएका औषधीमा माइक्रो ल्याव लिमिडेट बेङलोरको उत्पादन ब्याक्टोल्याव, दिव्य फार्मेसी उत्तराखण्ड भारतबाट उत्पादन हुने अमला चुर्ण, दिव्यगसर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्या चुर्ण रहेका छन् ।

यिनीहरुको माईक्रोवेल टेष्ट फेल भएको विभागले जनाएको छ ।

 


क्लिकमान्डु