भरतपुर महानगर निर्वाचनको मुद्दा सात दिनलाई पर सर्यो




काठमाडौं । भरतपुर महानगरपालिकामा मतगणना वा पुनः मतदानको विषयमा परेको मुद्दा सात दिनलाई पर सरेको छ ।

सर्बोच्च अदालतका कामु प्रधानन्यायधीश गोपाल पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको सयुक्त इजलाशले निर्वाचन आयोगलाई घटनासँग सम्बन्धित सक्कल कागज पेश गर्न सात दिनको समय दिएको छ ।

सर्बोच्चले मतपत्र च्यातिएको विवरण देखि मतपत्र च्यात्नेलाई गरिएको कारवाही सहित घटनामा सरोकार राख्ने सबै कागजपत्रको सक्कलप्रति पेश गर्न भनेको हो ।

अदालतले मंगलवार भरतपुरको फैसला गर्ने अनुमान थियो । सक्कल प्रति झिकाउने अदालतकको आदेशपछि भरतपुरको मुद्दा सातलाई पर धकेलिएको छ ।

भरतपुर महानगरपालिकामा मतगणना जारी रहदा वडा नम्बर १९ मा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले पुनः त्यहाँ मतदान गर्ने निर्णय गरेको थियो । यसको विरुद्ध सर्बोच्चमा मुद्दा परेको छ । सर्बोच्चले मुद्दाको फैसला नहुँदासम्म यथास्थितीमा निर्णय राख्ने आदेश दिएको छ ।


क्लिकमान्डु