केएल टावरमा रहेको केएल मोबाइल हब सञ्चालनमा



काठमाडौं। चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हब शुरु भएको अवसर पारेर मोबाइल एक्स्पो सञ्चालन भएको छ ।

मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन (आइएमएस) का अध्यक्ष दिपक मल्होत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राईलगायतले गरे ।

असार २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको छ । केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

२३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, ह्वावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर राखिएको छ ।

मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्जको सुविधा पनि रहेको छ । मोबाइल हबमा ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पाइने निर्देशक संगम राईले जानकारी दिए ।

मोबाइल हबमा १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको शोरुमले जानकारी दिएको छ ।


क्लिकमान्डु