एमाले अध्यक्ष ओलीको कारण पराजुलीकोनाम प्रधानन्यायधीशमा सिफारिस भएन



काठमाडौं । प्रधानन्यायधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण सिफारिस गर्न नसकेर बैठक सकिएको छ ।

आजको बैठकमा प्रधानन्यायधीशमा कामु प्रधानन्यायधीश गोपाल पराजुलीको नाम सिफारिस गर्ने ऐजेण्डा रहेपनि एमाले अध्यक्ष केपी ओलीले उनको उमेर सम्बन्धी विवादको कारण नाम सिफारिस गर्न नहुँने अडान लिएका थिए ।

पराजुलीको उमेरको विषयमा विवाद रहेको छ ।

शुसीला कार्की सर्बोच्चको प्रधान न्यायधीशबाट अवकास भएसँगै सर्बोच्चमा प्रधानन्यायधीशको पद खाली छ । बरिष्ठतम न्यायधीश पराजुलीले कामु प्रधानन्यायधीशको रुपमा काम गरेका छन् ।


क्लिकमान्डु