भारतको पक्षमा बाजी थाप्नेले जिल खाए, च्याम्पियन्स ट्रफि पाकिस्तानले जित्यो



च्याम्पियन्स ट्रफिको फाइनल खेलमा भारतको पक्षमा बाजी राख्नेहरुले जिल खाएका छन् ।

फाइनल खेल पाकिस्तानले भारतलाई १८० रनले हराएको छ । पाकिस्तानले ५० ओभरको खेलमा ३३८ रन बनाएको थियो ।

भारतीय टिमका भरपर्दा ब्याटसम्यानहरु पाकिस्तानका बलर समक्ष टिक्न सकेनन् ।

बाजी राख्नेहरुले भारतले खेल जित्ने आंकलन गरेका छन् । कसैले भारतको पक्षमा १ सय भारु बाजी राख्यो, र भारतले जित्यो भने उसले १ सय ४७ भारु पाउँनेछ ।

त्यस्तै पाकिस्तानको पक्षमा बाजी राख्यो, र पाकिस्तानले जित्यो भने उसले ३ सय भारु पाउँनेछ ।

भारत र पाकिस्तानबीचको फाइनल खेलमा ३२ अर्ब रुपैयाँको बाजी थापिएको थियो ।


क्लिकमान्डु