भारत र पाकिस्तान बिचको फाइनल खेलमा ३२ अर्बको बाजी



भारत र पाकिस्तान बिच हुन गइरहेको च्याम्पियन्स ट्रफिको फाइनल खेलमा २० अर्ब भारतीय रुपैयाँ(३२ अर्ब नेपाली रुपैयाँ) बाजी राखिएको अनुमान गरिएको छ । ‘बेलायतमा प्रबिधिको बिकास र जुवालाई कानुनी मान्यता दिएसँगै बाजीको रकममा अत्याधिक बृद्धि भएको छ’, अल इन्डिया गेमिङ फेडेरेसनले जनाएको छ ।

बाजी राख्नेहरुले भारतले खेल जित्ने आंकलन गरेका छन् । कसैले भारतको पक्षमा १ सय भारु बाजी राख्यो, र भारतले जित्यो भने उसले १ सय ४७ भारु पाउँनेछ । त्यस्तै पाकिस्तानको पक्षमा बाजी राख्यो, र पाकिस्तानले जित्यो भने उसले ३ सय भारु पाउँनेछ ।

बाजी राख्नेहरुले पाकिस्तानको भन्दा भारतको जित्ने संभावना बढि देखेका कारण पाकिस्तानको पक्षमा बाजी राखेर ‘जोखिम मोल्ने’ हरुले बढि कमाउने भएका हुन् ।

‘बिभिन्न अध्ययनहरुले भारतको बर्ष भरिको क्रिकेट खेलहरुमा करिब २ लाख करोड भारु बाजी राखिएको अनुमान गरेका छन्,’ अल इन्डिया गेमिङ फेडेरेसनका प्रमुख कार्यकारी रोल्याण्ड ल्याण्डर्सले बताए ।

१० बर्ष पछि भारत र पाकिस्तान कुनै पनि क्रिकेट प्रतियोगिताको फाइनल खेल खेल्ने भएका कारण बाजी उच्च भएको उनले बताए ।

खेलको हारजितमा राखिने बाजी सम्पूर्ण बाजीको एउटा अंशमात्र हो ।

बाजी राख्न चाहनेहरुले अन्य बिभिन्न पक्षमा पनि बाजी राख्न सक्छन् । जस्तो, १० ओभर सम्म दुवै टिमको स्कोर वा दुवै टिमको कुल स्कोर आदि ।

भारतमा जुवालाई प्रतिबन्धित गरिए पनि भारतीयहरुले आफ्नो अन्तराष्ट्रिय क्रेडिट कार्डहरुको प्रयोग गरेर बेलायती वेबसाइट मार्फत बाजी लगाउने गरेका छन् । इकोनोमिक टाइम्सबाट


क्लिकमान्डु