विश्वकै दोस्रो धनी जेफ बेजोसले सम्पत्ती दान गर्न सुझाव मागे



काठमाडौं । विश्वकै दोस्रो धनी व्यक्ति जेफ बेजोसले सम्पत्ती दान गर्न सुझाव मागेका छन् । बेजोसले सामाजिक संन्जाल ट्वीटरमा ट्वीट गर्दै सुझाव मागेका छन् ।

८४ अर्ब अमेरिकी डलर सम्पत्तीका मालिक बेजोसले ट्वीटरमा आफ्नो सम्पत्ती सहयोग गर्न चाहेको बताएका छन् । ‘ म यस्तो क्षेत्रमा सहयोग गर्न चाहन्छु जसको असर तुरुन्त होस्’,उनले ट्वीटरमा भनेका छन्,‘ यदी तपाईहरुसँग कुनै आइडिया छ भने मलाई ट्वीटरमा रिप्लाई गर्न सक्नुहुन्छ।’

उनले बिहीवार गरेको ट्वीटरमा ३५ हजारवटा विभिन्न खालका सुझाव आएको छ भने करिब ९ हजारवाट रिट्वीट भएको छ ।

अमेजनडटकममा मालिक जेफ बिजोसले अहिलेसम्म ४० करोड अमेरिकी डलर दान गरेका छन् । ऐजेन्सी


क्लिकमान्डु