बिराटनगरमा काँग्रेस एक्लै, एमाले र मओवादी केन्द्रले पाए पार्टनर



काठमाडौं । बिराटनगर महानगरमा काँग्रेस बिरुद्ध एमाले र फोरम लोकतान्त्रिकले गठबन्धन गरेका छन् भने, माओवादी केन्द्र र संघिय समाजवादी फोरम बिच चुनावी तालमेल भएको छ ।

दोस्रो चरणमा निर्वाचन हुनलागेको एकमात्र महानगरमा काँग्रेससँग प्रतिस्प्रर्धागर्न दलहरुले गठबन्धनको सहारा लिएका हुन् ।

पहिलो चरणको निर्वाचनमा भरतपुर र पोखरा महानगरमा काँग्रेस र माओवादी केन्द्र विच तालमेल भएको थियो ।

माओवादी केन्द्रले बिराटनगरमा मेयर उमेद्वार संघिय समाजवादी फोरमका उमेश यादवलाई सहयोग गर्ने भएको छ भने उपमेयरमा केन्द्रकी नमिता न्यौपानेलाई संघिय समाजवादी फोरमले मतदान गर्ने भएको छ ।

त्यसैगरी, नेकपा एमालेले मेयरमा विनोद ढकाल र लोकतान्त्रिक फोरमका तर्फबाट उपमयेरमा सुची चौधरीले साझा उम्मदेवारी दिने औपचारिक सहमति गरेका छन् ।

नेपाली काँग्रेस एक्लै चुनावी प्रतिस्प्रर्धामा जाँदैछ । काँग्रेसले मेयरमा भिम पराजुलीलाई उमेद्वार बनाएको छ । यस अघि २०७२ को संबिधान सभा निर्वाचनमा बिराटनगरमा काँग्रेस सबैभन्दा ठुलो पाटी हो ।

समग्रमा असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको केन्द्रमा बिराटनगर निर्वाचन रहने पक्का छ । यसले भोलिका दिनमा निर्वाचनमा गरिने तालमेललाई बिष्लेषणगर्न सहयोग पुग्ने देखिन्छ ।

आज हुने उमेद्वारी दर्ता अगाबै दलहरुले चुनावी तालमेल गरेका हुन् ।


क्लिकमान्डु