दोस्रो चरणको निर्वाचनले छोप्यो, आज ३३४ स्थानिय तहमा मनोनयन दर्ता हुँदै



दोस्रो चरणको निर्वाचन अन्र्तगत आज बिहान ८ बजे देखि बेलुकी ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन असार १४ गते गर्ने निर्णय गरेसँगै प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचनको गतिविधी निकै बढेको थियो ।

राजपालाई चुनावमा ल्याउने भन्दै सरकारले प्रदेश नम्बर २ निर्वाचन स्थगित गरेपछि अहिले १, ५ र ७ मा निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार असार १४ गते १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालीका र २१५ गाँउपालीकामा निर्वाचन हुनेछ । ति सबै स्थानीय तहमा आज मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

६४ लाख ३२ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । भने १५ हजार ३८ प्रतिनिधि निर्वाचीत हुने छन् ।

 


क्लिकमान्डु