पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १.५० रुपैयाँ घटाइएको बताए । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर  एक सय रुपैयाँ बनाइएको छ । हाल पेट्रोलको मूल्य १०१.५० रुपैयाँ रहेको थियो ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि १.५० पैसाले घटेर ७६ रुपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ७७.५० रुपैयाँ  छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको छ ।


क्लिकमान्डु