बिजनेस एक्सिलेरेटरको तेस्रो संस्करणको लागि आवेदन खुल्ला



काठमाडौं । दुई संस्करणको सफल आयोजना पश्चात् इन्टरप्राइजले तेस्रो संस्करणको लागि विकासक्रममा रहेका कम्पनीहरुको लागि आवेदन खुल्ला गरेको छ ।

साउन १७ गतेबाट सुरु हुने इन्टरप्राइजको तेस्रो संस्करणमा १० वटा कम्पनी छानिनेछन् । यसको लागि आवेदन गर्ने अन्तिम मिती असार १६ गते रहेको आयोजकले जानकारी दिएकोछ ।

‘नेपालमा साना तथा मझौला उध्यम व्यवसायहरुसँग बित्तिय एवम् प्राविधिक स्रोतको पहुँच हुदैन । बिजनेस एक्सिलेरेटरले यस्ता कम्पनी हरुलाई आवश्यक श्रोत प्रदान गरि ब्वृद्धिको रणनीति बिश्लेसण गर्ने मौका प्रदान गर्छ,’ इन्टरप्राइजको कार्यक्रम निर्देशक अजय श्रेष्ठले भने ।

यो कार्यक्रममा भाग लिन योग्य हुनको लागि कम्पनी कम्तिमा ३ वर्षको लागि संचालनमा आएको, लगानी खोजेको हुनुपर्ने र समर्पित कर्मचारीहरु चाहिनेछ ।

यस कार्यक्रमको दोस्रो संस्करणमा ४०० भन्दा बढी कम्पनीहरुले आवेदन दिएका थिए जस्मध्ये ६ वटा छानिएका कम्पनीहरुलाई यस कार्यक्रममा भाग लिने मौका प्राप्त भएको थिए ।

गत बर्षको कार्यक्रममा भाग लिएका उद्धमीहरुले विभिन्न क्षेत्रका विज्ञहरु सँग सहकार्य गरि आफ्नो व्यवसायको बिजनेस मोडललाई पुनारवोलोकन गरेर उदेश्यलाई ध्यानमा राखी वित्तको योजना गरेर कानुनी सल्लाह लाई बिचारमा राखी उच्च बृद्धिदर प्राप्त गर्ने मौका पाएका थिए ।

भाग लिएका ६ कम्पनी मध्ये ३ वटा कम्पनीले लगानी प्राप्त गरिसकेका छन् जसको औसत मूल्य ८० लाख रुपैयाँ बराबरको छ । बाकी रहेका ३ कम्पनीहरु पनि लगानीको अन्तिम चरणमा छन् ।

यो कार्यक्रम युवा उद्धमी मंचको पहलमा ओक्लोहोमा बिस्वबिध्यालय अन्तर्गतको सेन्टर फर क्रिएसन अफ इकोनोमिक वेल्थ्को साझेदारीमा नेपालमा लगानी, परामर्श तथा व्यवस्थापनक क्षेत्रमा काम गर्ने ट्रू नर्थ एसोसिएट्सको लगानी तथा व्यवस्थापनमा संचालन हुन लागेको हो ।

इन्टरप्राइज नेपालको निजि क्षेत्रद्वारा संचालित पहिलो बिजनेस एक्सिलेरेटर हो जहाँ कम्तिमा ३ वर्ष संचालनमा रही आएका कम्पनीहरुले भाग लिन पाउनेछन् जसको माध्यमबाट कम्पनीहरुले आफ्नो बिजनेस मोडलमामा सुधार ल्याई, लगानीकर्ताबाट पूँजी संकलन गरेर आफ्नो व्यापार वृद्धिलाई अर्को तह सम्म लान सक्षम हुने संस्थाले जानकारी दिएको छ ।


क्लिकमान्डु