एसइईको नतिजा सार्वजनिक



काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा सार्वजनिक भएको छ ।

जसमा नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएको परिक्षा नियन्त्रण कार्यलय जानकारी दिएको छ ।

परीक्षामा देशभरबाट २ लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको छ ।

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।


क्लिकमान्डु