एसइईको नतिजा केहीवेरमा सार्वजनिक हुदैं




काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार आज केहीवेरमा सार्वजनिक हुदैैै छ ।

परीक्षा सार्वजनिक गर्न अहिले बिहान आठ बजे देखि बोर्ड बैठक बसिरहेको परिक्षा नियन्त्रण कार्यलयले जानकारी दिएको छ । बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको कार्यलयको छ ।

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।

परीक्षामा देशभरबाट २ लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका छन ।


क्लिकमान्डु