रिङरोड भित्र मोटरसाइकल चलाउन प्रतिवन्ध !



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौति रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेशमा रोक लगाउने विषयमा छलफल थालेको हो ।

मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाई छ । वागमती अञ्चलमा मात्र झन्डै ८ लाख मोटरसाइकल दर्ता भइसकेका छन । ती मध्ये अधिकांस रिङरोड भित्र संचालन हुने रहेका छन ।

उपत्यकामा ५ लाख भन्दा बढी मोटरसाइकल संचालनमा रहेको अनुमान विभागको छ ।

उपत्यकामा ४० लाख भन्दा बढी मानिसको बसोबास रहेको अनुमान छ । सार्वजनिक यातायतलाई सर्वसुलभ बनाउने हो भने निजी सवारी साधन प्रयोगकर्ता स्वतह घट्ने अनुमान विभागको छ ।

सरकारले काठमाडौै उपत्यका दिगो सहरी विकास आयोजना मार्फत उपत्यकाको रुट वर्गिकरण समेत गर्ने तयारी गरिरहेको छ । जसमा प्राइमरी रुटमा ४० सिट भन्दा ठुला, सेकेन्डरीमा २५ सिट भन्दा ठुला र टर्सरी रुटमा साना सवारी संचालन गर्न पाउने गरी योजना अगाडी बढेको छ ।


क्लिकमान्डु