१६ सय किलोमिटर स्पिडमा कुद्ने कार




काठमाडौं । १६ सय किलोमिटर प्रति घण्टाको गतिमा कुद्ने कार प्रथम पटक अक्टोबर २६ मा सडकमा गुड्ने भएको छ ।

ब्लडहाउन्ड सुपरसोनिक कार न्यूके एअरपोर्ट कार्नवालमा सुस्त गतिमा शुरुआती परीक्षण गरिने छ ।

आगामी वर्ष दक्षिण अफ्रिकामा तिब्र गतिको रेकर्ड तोड्नका लागि पठाउनु पूर्व इन्जिनियर कारको सम्पूर्ण परीक्षण गर्न चाहन्छन् ।

अहिले सर्वाधिक तिब्र गतिको रेकर्ड १२ सय २८ किलोमिटर प्रतिघण्टा छ । ब्लडहाउन्डलाई दुई चरणमा १२ सय ४७ किलोमिटर प्रतिघण्टा र १६ सय ९ किमी घण्टाको गतिमा कुद्ने अनुमान गरिएको छ ।

न्यूकेको ट्रायल तिब्र गतिको रेकर्डका लागि हुने छैन । यस एअरपोर्टको लम्बाइ २ हजार ७ सय ४४ मिटर छ । जसमा कारले पूर्णगति हासिल गर्न सक्दैन ।

ड्राइभर एन्डी ग्रीन कारलाई करिब ३ सय २२ किलोमिटर प्रतिघण्टाको गतिमा चलाउने छन् । जसमा कारको यूरोफाइटर–टाइफून जेट इन्जिन प्रयोग हुन्छ ।

कारमा अतिरिक्त शक्ति दिनका लागि रकेट मोटर कारमा अहिले राखिएको छैन । रकेट मोटर तयार गर्नका लागि केही समय लाग्ने बिबिसिले आफ्नो लेखमा लेखेको छ ।

इन्जिनियरले न्यूके ट्रायललाई ब्लडहाउन्डको डाटा संकलनका लागि महत्वपूर्ण मानेका छन् ।

२० बर्ष अघि एन्डी ग्रीनले थ्रट एसएससी कारबाट हाल मौजूत रहेको रेकर्ड बनाएका थिए । बीबीसीको सहयोगमा


क्लिकमान्डु