अमिर खानको दंगलले गर्यो ३० अर्बको कारोबार



आमिर खानको पछिल्लो चलचित्र ‘दंगल’ले ३० करोड अमेरिकी डलरको कारोबार गरेर बिश्वमै ठूलो कोशेढुङ्गा प्राप्त गरेको छ ।

नितेश तिवारीले निर्देशन गरेको र सुपरस्टार आमिर खानले अभिनय गरेको दंगल गैर अंग्रजी भाषामा सर्बाधिक कमाउने फिल्महरुको सूचीमा पाँचौं स्थानमा पुगेको छ ।

पहलमान महावीर सिंह फोगटको जिवनीमा आधारित यस फिल्मले बिश्वब्यापी टिकट बिक्रिबाट ३० करोड भन्दा बढि आम्दानी गरेको हो । फिल्मले चीनबाट १८ करोड डलर र भारतबाट ८.५ करोड डलर हाराहारी कमाएको छ ।

फिल्मको एतिहासमै दंगल बाहेक ४ वटा अन्य गैर अंग्रजी भाषाको फिल्मले मात्र ३० करोडको आंकडा पार गरेका छन् । चीनींया फिल्म ‘मरमेड’ (५३.३ करोड) र ‘मोन्सटर हन्ट’ (३८.६ करोड डलर), फ्रान्सेली फिल्म ‘द अनटचेबल्स ’ (४२.७ करोड डलर) र जापानी फिल्म ‘योर नेम’ (३५.४ करोड डलर) ले ३० करोडको आंकडा पार गरेका छन् ।

दंगल भारत बाहिर १० करोड डलर भन्दा बढि कमाउने पहिलो फिल्म समेत बनेको छ ।


क्लिकमान्डु