२ नम्बर प्रदेशको चुनाव सार्न सरकार र राजपा सहमत



काठमाडौं । सरकारले र प्रदेश नम्बर २ को स्थानिय निर्वाचन स्थगित गर्ने र बाँकी १, ५ र ७ मा भने असार १४ गते नै गर्ने भएको छ ।

सत्तारुढ दल र राजपाबीच बिहिबार सिंहदरबारमा भएको सहमतिपछि दुई नम्बर प्रदेशमा चुनाव कहिले गर्नेबारे सत्तारुढ दल र राजपाका शीर्ष नेताहरु छलफल गरिरहेका छन् ।

सिंहदरबारमा भएको वार्तामा २ नम्बर प्रदेशको चुनाव सार्ने र बाँकी प्रदेशका लागि भोलिका लागि तोकिएको मनोनयन दर्ता तीन दिन पछि गर्ने सहमति भएको छ।

आजै मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन सार्ने विषयमा निर्णय गर्ने सहमती भएको छ ।

 


क्लिकमान्डु