कर फछ्र्योट आयोग कानुन अनुसार गठन गरिएको होः डा. महत



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले कानुनी ब्यवस्था अनुसार कर फछ्र्योट आयोग गठन गरिएको दाबी गरेका छन् ।

ठूला करदातालाई सुविधा दिन आयोग गठन गरिएको आरोप लागिरहेको समयमा आयोग गठन गरेका डा. महतले बिहिबार ब्यवस्थापिका संसदको अर्थसमितिमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘कर फछ्र्योट आयोग गठन कानुन सम्मत छ, डुबेका कम्पनीको बक्यौला असुल र सहयोगको लागि गठन गरिएको हो, यसमा अरु कुनै स्वार्थ थिएन, आयोग गठनको कारण १० अर्ब रुपैयाँ राजस्व उठेको छ, आयोग गठन नगरिएको भए यस्तो राजस्व उठ्ने थिएन,’ डा. महतले भने ।


क्लिकमान्डु