एक्साईड ई-रिक्सामा स्वास्थ्य बीमा पोलिसी



काठमाडौं । सिप्रदी ट्रेडिङ्ग, एक्साईड ब्याट्रीले एक्साइड ई—राइड ब्याट्रीको एक सेट ब्याट्री खरिद गर्दा सो ई—रिक्सा चालकको परिवारलाई २५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमाको सुविधा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

यो योजना अन्र्तगत विभिन्न व्यक्तिहरुलाई आ—आफ्नो स्वास्थ्य बीमाको रकम हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका महाप्रवन्धक सुरेश कुमार तिवारीले यस्तो सुविधा कम्पनीले आफ्नो सामाजिक दायित्व बुझेर बजारमा ल्याएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्र्यलाई निरन्तरता दिने कुरा उनले बताए ।


क्लिकमान्डु