कतारका एक किसान जसले ६० जहाजमार्फत ४ हजार दूधालु गाई लैजादैं



काठमाडौं । कतारको एक कृषि फार्मले ६० जहाज मार्फत ४ हजार दुधालु गाई आफ्नो मुलुक लैजाने भएको छ ।

साउदी अरव लगायत देशहरुले दुध आपूर्ती रोक्ने तयारी गरेपछि सम्भावित अभावलाई हटाउन कतारका गाई पावर इन्टरनेशनल होल्डिङले अमेरिका र अष्ट्रेलिया बाट ४ हजार दुधालु गाई खरिद गरेर लैजाने भएको छ । कतारले ६० जहाजमा एकैपटक ४ हजार गाई ढुवानी गर्नु विश्वकै उड्डयन इतिहासमा सवभन्दा ठुलो जनावर ढुवानी हुनेछ ।

औसत पाँच सय ९० केजीका उक्त गाई लगिएपछि ताजा दुधको लागि समस्या नहुने होल्डिङका अध्यक्ष मौताज अल खायातले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । ‘यो देशका लागि काम गर्ने समय हो,’ वेलयातको प्रख्यात संचार माध्याम इन्पिेन्डेन्टका संवाददातासँग भनेका छन् ।

दोहाको इस्लामिक लडाकुलाई सहयोग गरे आरोप लगाउँदै साउदी अरवको नतृत्वमा खाडीका छिमेकी युनाइटेड अरव इमिरेट्स, बहराइन र इजिप्टले कतारसंग कुटनैतिक सम्बन्ध तोड्दै सिमा नाका बन्द गरेका छन ।

कतारी यात्रुवहाक विमानलाई आफ्नो एयरस्पेस प्रयोग गर्न रोकेका छन । उनीहरुले अगाएको अरोपको कतारले भने खन्डन गर्दै आएको छ । प्रतिव्याक्ति आम्दानीको हिसावले संसारकै सवैभन्दा धनी मुलुकलाई एक्ल्याउन अधिल्लो साता सोमबार छिमेकीले चालेको कदमले कतारलाई खानेकुरा, प्राकृतिक ग्यास उद्योगका लागि आवश्यक उपकरण र निर्माण समाग्री आयात गर्न नयाँ व्यापारिक मार्ग खोल्न बाध्य पारेको छ ।

कतारको केन्द्रीय बैंकले आन्तरिक र अन्तर्राष्ट्रिय कारोबार सामान्य हिसावले टर्कीबाट र फलफुल एवंम तरकारी इरानबाट ल्याउन थालिएको छ । घरेलु उत्पादन किन्न सर्वसाधारणलाई प्रोत्साहित गर्न अभियाननै सुरु गरिएको छ । डेरी उत्पादन बेच्न राखिएका ठाऊमा कतारी झन्डाको रङ भएका व्यानार राखिएको छ ।

भिल्लाजियोस्थित एक सुपरमार्केटमा राखिएको व्यानरमा लेखिएको छ–स्थानीय उत्पादनलाई सहयोग गर्न एकजुट । कतारको राजधानी दोहामा बसोबास गर्ने १० लाखभन्दा बढी जनसंख्यालाई आवस्यक पर्ने ताजा दूधको अधिकांस हिस्सा एक साताअघिसम्म साउदीबाट आउने गरेको थियो । सन् २०२२ को बिश्वकप फुटबल लक्षित रंगशाला र मेट्रो निर्माणमा हप्तामा ५० करोड अमेरिकी डलर खर्च गरिरहेको कतारमा छिमेकीले नाकाबन्दी लगाएसंगै दूधको आपूर्ती घटेको छ ।

कतारमा ठुल्ठुला मल बनाउने व्यावसायी खायातले कृषि फार्ममा ठुलो लगानी गरेका छन । उनले दोहाबाट ५० किलोमिटर टाढा ठुलो कृषि फार्म खोलेका छन । खाद्य सुरक्षा अर्थतन्त्रलाई मुक्त गर्ने कतार सरकारको रणनीति भिजन २०३० को एक हिस्सा हो । ७० वटा फुटवल रंगशाला बनाउन पुग्ने जग्गा अल खायात फार्म छ ।


क्लिकमान्डु