स्थानीय निर्वाचन बाँकेमा त्रिपक्षीय प्रतिस्पर्धा हुने




नेपालगन्ज । आगामी असार १४ गते हुने दोस्रोचरणको स्थानीय निकायको निर्वाचनमा बाँके जिल्लाका राजनीतिक दलका नेता, तथा उम्मेदवारलाई अहिले निकै चटारो छ ।

आ—आफ्नो पार्टीको झन्डा, चुनाव चिन्ह अङ्कित पर्चा, पोस्टर बोकेर माइकिङ गर्दै सबै पार्टीका नेता, कार्यकर्ता र उम्मेदवार घरदैलो अभियानमा लागेका छन् ।

जिल्लाको डुडुवा, जानकी, बैजनाथपुर, खजुरा, राप्तीसोनारी, नरैनापुर गाउँपालिका तथा खजुरा नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका लागि प्रायः सबै राजनीतिक दलले आ–आफ्ना उम्मेदवार तय गरिसकेका छन् ।

राजनीतिक विश्लेषकका अनुसार जिल्लाको स्थानीय निकाय निर्वाचनमा मुख्यतया तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र बीच नै त्रिकोणीय प्रतिस्पर्धा हुने सम्भावना छ ।

राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भयो भने त्रिकोणीय प्रतिस्पर्धामा केही फरक पर्नसक्ने राजनीतिक विश्लेषकद्धय डा जनार्नद आचार्य र अर्जुन पोखरेलको निचोड छ ।

विसं. २०४८को संसदीय निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले २०५१ को मध्यावधि निर्वाचनमा सबै सिट गुमाएको थियो । त्यो निर्वाचनमा राप्रापाले तीन सिट कब्जा जमाएको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमले चार (एक निर्वाचन क्षेत्र थपिएको) सिट जितेको थियो भने दोस्रो संविधानसभाको निर्वाचनमा भने नेकपा (एमाले) ले तीन र नेपाली काँग्रेसले एक सिटमा जित हासिल गरेको थियो ।

निर्वाचनको पूर्वानुमानलाई मतदाताले पटक÷पटक गलत सावित गरेकाले कुन दलको वर्चस्व कायम हुन्छ भन्ने अनुमान गर्न कठिन भएको हो ।

अव हुने स्थानीय निकायको निर्वाचनमा उपमहानगरपालिकाको नेतृत्वलाई आप्mनो अस्तित्वसंग जोडको पाइन्छ ।

सो उपमहानगरपालिकाका लागि काँग्रेसले डा. सुरेशकुमार कनौडिया, एमालेले समसुद्दिन सिद्धिकी, माओवादी केन्द्रले दामोदर आचार्य र राप्रपाले डा धवल शमशेर राणालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार बाँके जिल्लाका कूल दुई लाख ४६ हजार ७८ मतदाताले यो निर्वाचनमा आप्mनो मताधिकार प्रयोग गर्न पाउने छन् ।

कूल मतदातामध्ये महिला एक लाख २५ हजार ९३३, पुरुष एक लाख २० हजार ८४ र तेस्रोलिङ्गी एकजना छन् ।

निर्वाचनमा मतदाताले सहजरुपमा मतदानमा भाग लिन सकुन भन्ने उद्देश्यले जिल्लाका १३६ मतदानस्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

त्यसैगरी, निर्वाचन अघि र पछिको समयमा जिल्लाको सुरक्षा अवस्थालाई सुदृढ बनाउन जिल्ला सुरक्षा समितिले रणनीतिक योजनासमेत बनाएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थर्ले बताए ।

सुरक्षा व्यवस्थापन अन्तर्गत सीमा क्षेत्रमा भारत र नेपालको संयुक्त सुरक्षा फौजलेसंयुक्त गस्ती गरिरहेको, गाउँबस्ती, सहरका टोलटोलमा सुरक्षालाई थप चुस्त बनाइएको पनि प्रजिअ पन्थले जानकारी दिए ।


क्लिकमान्डु