जथाभावी बाटो काट्दा अब दुई सय रुपैयाँ तिर्नु नपर्ने



काठमाडौं । जथाभावी बाटो काट्दा अब दुई सय रुपैयाँ तिर्नु नपर्ने भएको छ ।

ट्राफिक प्रहरीले जेठ १६ देखि जथाभावी बाटो काट्नेसँग दुई सय रुपैयाँ जरिवाना लिने गरेको थियो । ट्राफिकले पैसा हुनेसँग जरिवाना लिने र नहुँनेसँग तीनघण्टा क्लास लिने गरेको थियो ।

ट्राफिकको पैसा असुल्ने निर्णयको आलोचना भएको थियो । गृहमन्त्रीको रुपमा जनार्दन शर्मा आएपछि उनले पैसा लिने निर्णय परिवर्तन गर्न निर्देशन दिएका थिए ।

प्रहरीले अहिले पैसा लिन छाडेपनि बाटो भने काट्न नपाइने नियम यथावत रहेको जनाएको छ ।


क्लिकमान्डु