रुसी राष्ट्रपति पुटिनको १० करोड पर्ने घडी लिलामीमा



काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले जुलाईमा हुने ‘मोनाको लिजेन्ड अक्सन’मा आफ्नो बिलासी घडी लिलामीमा राख्ने भएका छन् ।

रुसी राष्ट्रपतिले बिलासी घडी निमार्ता कम्पनी पाटेक फिलिपीको ‘पाटेक फिलिपी ५२०८p’ मोडलको घडी लिलामीमा राख्न लागेका हुन् ।

५२०८p मोडलको घडी अत्यन्तै जटिल र ‘मिनेट रिपिटर’ जस्ता बिशेषता सहितको घडी हो । यो घडीले ‘स्टप वाच’, क्यालेण्डर र अधिबर्ष जस्ता कुराहरुलाई पनि समेट्छ ।

यो घडी जो पायो त्यहीले किन्न पनि पाउँदैन । घडी किन्नको लागि कम्पनीले पत्याएको ब्यक्ति हुनुपर्छ । यसको बजार मुल्य १० लाख डलर हाराहारी पर्छ, जसले यो घडीलाई बिश्वकै महङ्गो घडीहरुको सूचीमा उभ्याउँछ ।

कागजातमा मिति उल्लेख नगरेका कारण यो घडी कुन बर्षमा बनेको भन्ने तथ्य अझै खुलेको छैन । तर, पुटिनले यो घडी लण्डनमा किनेका थिए भन्ने तथ्य भने खु्लेको छ ।  पुटिन घडीको सोखिन नेता मानिन्छन् । १ लाख १२ हजार बार्षिक तलब खाने पुटिनसँग आफ्नो तलब भन्दा कैयौं गुणा बढि मुल्य पर्ने घडीहरुको संग्रह छ ।

कसैकसैले यो पुटिनकै घडी हो वा होइन भन्ने बिषयमा पनि शंका ब्यक्त गरेका छन् । पाटेकले आफ्ना ग्राहकहरुको नाम र ठेगानाको तथ्याङ्क राख्ने गरेको भए पनि यसलाई रुजु गर्न कठिन देखिन्छ ।
घडीको लिलामी मुल्य उच्च हुने अनुमान गरिए पनि त्यसको यकिन भने भैसकेको छैन । ऐजेन्सी


क्लिकमान्डु