निगमसँग अब १४ महिना भित्र दुई ठुला जहाज



काठमाडौं । दुई ठुला वाईडवडी जहाज खरिदको तयारीमा रहेको नेपाल वायुसेवा निगमले २४ अर्व रुपैयाँ वित्तीय व्यवस्थापन गरेको छ ।

वित्तीय व्यवस्थापनसँगै निगमसँग अव १४ महिना भित्र लामो गन्तव्यमा उडान भर्न दुई ठुला जहाज हुने छन ।

निगमले दुई संस्था संचयकोष र नागरिक लगानीकोषसँग १२/१२ अर्व रुपैयाँ ऋण लिएसँगै दुई थान एयरबस ३३०-२०० सिरिजको जहाज खरिदको लागि स्रोत जुटेको हो । निगम र नागरिक लगानीकोषबीच १२ अर्व रुपैयाँको ऋणसम्झौता हुदै छ । भने आइतबार संचयकोषले १२ अर्व रुपैयाँ दिनेगरी ऋणसम्झौता भइसकेको छ ।

आइतावार संचयकोषसँग गरिएको र आज (सोमबार) नागरिक लगानीकोषसंग ऋणसम्झौता गर्न लागेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । लगानीकोषसँगले निगमलाई १२ अर्व रुपैयाँ ऋण दिनेगरी दुई साता अगाडी संचालक समितिबाट निर्णय गरिसकेको थियो । दुवै संस्थाले ९ प्रतिशत व्याजदरमा ऋणसम्झौता गरेका हुन । दुवै संस्थाले निगमलाई पहिलो किस्ताबापत ४/४ अर्व रुपैयाँ ऋण पहिलो चरणमा उपलव्ध गराउने छन । दुुवै संस्थासँग निगमले १५ वर्षमा वार्षिक दुई किस्ताका दरले चुक्त गर्ने गरी ऋणसम्झौता भएको छ ।

एक महिना अगाडी मन्त्रीपरिषद्ले नेपाल सरकार जमानी बस्ने निर्णय गरेसँगै अर्थमन्त्रालयले संचयकोष र नागरिक लगानीकोषलाई दिने ऋण प्रक्रिया अगाडी बढाउन परिपत्र गरेको थियो । जस अनुसार दुवै संस्थाले निगमलाई आवस्यक पर्ने झन्डै २४ अर्व रुपैयाँको ५०/५० प्रतिशत रकम ऋण दिन तयार भएका थिए ।

निगमले खरिद गर्न लागेको एयरबस ३३०-२०० सिरिजको दुई थान वाईडबडी जहाजका लागि आवस्यक पर्ने झन्डै २४ अर्व रुपैयाँ ऋणको लागि अर्थले दुई संस्थालाई परिपत्र गरेको थियो । निगमले ऋण पाएसंगै ८ अर्व रुपैयाँ अर्को सातासम्ममा अमेरिकन लिजिङ कम्पनी कर्पोरेशनलाई पठाउने गरी डलर सटहीको लागि राष्ट्रबैंक जाने तयारी गरेको छ ।

अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनले “हाईफ्लाई एयरलाइन्स” को लागि दुईवर्ष अगाडी एयरबस कम्पनीमा अर्डर गरेको थियो । कर्पोरेशनले सोही अर्डरको जहाज निगमलाई दिने प्रस्ताव गरेको थियो । निगमले अमेरिकन एएआर कर्पोरेशनलाई ८ अर्व रुपैयाँ १० दिन भित्र पठाउनुपर्ने भएपनि ऋणसम्झौतामा ढिलाई भएको जानकारी कर्पोरेशनलाई गराएको छ ।

णसम्झौता लगत्यै निगमले रकमको ३५ प्रतिशत अर्थात झन्डै ८ अर्व रुपैयाँँ कर्पोरेशन मार्फत सम्झौता भएको थियो । भने बाँकी रकम १४ अर्व ६३ करोड रुपैयाँ दोस्रो किस्ता बापत जहाज आउनु भन्दा केही अगाडी निगमले बाँकी रकम पठाउने छ । अहिले ९ प्रतिशत व्याजमा ऋण लिएता पनि बजारको माग अनुसार ब्याजदर घटाउने सहमती भएको समेत निगमले जानकारी दिएको छ । विगतमा संचयकोषसंग लिएको १० अर्व रुपैयाँमा पनि हाल व्याजदर ९ प्रतिशतमा झारेको छ । उक्त ऋणसम्झौता हुदाँ संचयकोषले १२ प्रतिशत व्याजदर तोकेको थियो ।

निगमलले दुई थान जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा खरिद गर्दै छ । जसको लागि बैना रकमको १० लाख डलर पठाइसकेको छ । २ सय ८० सिट क्षमतका उक्त ठुला जहाज आगामी १४ महिना भित्रै निगमले पाउने छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ ।


क्लिकमान्डु