भरतपुर मतगणनाको सुनुवाई स्थगित



काठमाडौं । भरतपुरमा पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा सर्बोच्च अदालतमा परेको मुद्दाको सुनुवाई स्थगित भएको छ ।

सर्बोच्च अदालतका न्यायधीशद्वय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा परेको मुद्दा हेर्न नभ्याक्ष्ने सूचिमा परेको छ ।

निर्वाचन आयोगले मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध एमालेका १९ नम्बर वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा सहितले सर्बोच्चमा रिट दायर गरेका थिए ।

रिटको सुनुवाई गर्दै सर्बोच्चका न्यायधीश चोलेन्द्र शमशेर राणाले यथास्थितीमा राख्न आदेश दिएका थिए ।

सर्बोच्चमा मुद्दा परेको हुँदा आयोगले मिती तोक्न सकेको छैन । सर्बोच्चले मुद्दा स्थगित गर्दा अन्यौलता बढाएको छ ।


क्लिकमान्डु