पञ्चकन्याको सीपीभीसी पाईपलाई आईएसआई प्रमाण चिन्ह प्राप्त



काठमाडौं । पञ्चकन्या ग्रुपले सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन गर्न सफल भई सो उत्पादनमा समेत पहिलो पटक भारतीय मानक ब्यूरोले प्रदान गर्ने आईएसआई गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ ।

विगत ६ वर्षदेखि ग्रुपले अमेरिका लगायत बिकसित मुलुकहरुमा प्रयोग हुदै आईरहेको एनएसएफबाट प्रमाणित विश्व प्रसिद्ध जापानिज सेकिसुई कच्चा पदार्थ प्रयोग गरी सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन तथा बिक्री वितरण गर्दै आएको र प्लम्बिङ सिष्टममा यस्ता पाईपहरुलाई आम उपभोक्ताले अत्यधिक रुचाइएको पाईन्छ, साथै कम्पनिले भारतिय बजारमा समेत निर्यात गर्ने लक्ष्य लिएको छ ।

यस्ता पाईपहरु तातो–चिसो पानीको लागी सुहाउँदो, लिड फ्रि, नन–कोरोसिब, नन–टक्सिक, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण अनुकूल, स्वास्थ्यको हिसावले अति उत्तम, तुलनात्मक रुपले किफायती र सस्तो हुनुका साथै कम्तिमा ५० वर्षसम्म ढुक्ककासाथ प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु