केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई



काठमाडौं । न्युडायमण्ड एकेडेमीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि जित्न सफल भयो । एपीएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाएपनि न्युडायमण्डले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गरेको थियो ।

शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपीएफले न्युडायमण्डलाई एपीएफले पहिलो २५–२२ र दोस्रो २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछि न्युडायमण्डले तेस्रो २५–१८ र चौथो पनि २५–१८ ले आफ्नो पक्षमा पार्दै सेटमा २–२ को बराबरी ग¥यो । यद्यपी निर्णायक एवम् पाँचौ सेट एपीएफले १५–८ ले जित निकालेको थियो ।

विजेता एपीएफले ट्रफिसँगै क्वायरटफ म्याट्रेसले प्रायोजन गरेको एक लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेतामै सिमित न्युडायमण्डले ट्रफि र नगद एक लाख रुपैयाँमा चित्त बुझायो ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा संचालित प्रतियोगितालाई बहुराष्ट्रिय कम्पनी कन्साई नेरोल्याक पेन्ट्स (केएनपी)ले मुख्य प्रायोजन गरेको थियो ।
त्यस्तै पश्चिमाञ्चलले विभागिय टोली नेपाल पुलिसलाई स्तब्ध बनाउँदै तेस्रो स्थान हात पारेको थियो ।

निकै रोमाञ्चक भएको तेस्रो स्थानको खेलमा पनि पश्चिमाञ्चलले पुलिसमाथी ३–२ को सेटमा जित निकाल्यो । पहिलो सेट २५–२२ ले पुलिसले आफ्नो पक्षमा पार्दै सुरुआती अग्रता लिएपनि दोस्रो सेटमा पश्चिमाञ्चलले २५–१८ ले जित निकाल्दै खेलमा फर्कियो । तर तेस्रो सेटमा पुलिसले २५–२२ ले जित निकालेपछि पश्चिमाञ्चल २–१ को सेटमा पछि प¥यो ।

चौथो सेटमा पश्चिमाञ्चलले २६–२४ को प्रतिस्पर्धात्मक जित निकाल्दै सेटमा २–२ को बराबरी गर्न सफल भयो । निर्णायक एवम् पाँचौँ पनि पश्चिमाञ्चलले १५–१३ ले बाजी मारेपछि पुलिस तेस्रो स्थानबाट वन्चित रह्यो । तेस्रो स्थानको पश्चिमाञ्चलले नगद ५० हजार तथा ट्रफि हात पा¥यो । गौरी शंकर हिमालयन कार्पेटका कार्यकारी निर्देशक दावा तामाङले तेस्रो पुरस्कार प्रायोजन गरेका छन् ।

प्रतियोगिताको बेस्ट प्लेयर एपीएफकी सरस्वती चौधरी चुनिइन् । शेरवहादुर खड्का स्पेशल अवार्डबाट न्युडायमण्डकी प्रतिभा माली सम्मानीत भएथीइन ।


क्लिकमाण्डू