शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित, ३८८ मत पक्षमा र १७० मत विपक्षमा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन् । देउवा आज व्यवस्थापिका संसदमा भएको निर्वाचनमा बहुमतको आधारमा नयाँ प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

उनी मुलुकको ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका हुन भने गणतन्त्रआएपछिको नवौं प्रधानमन्त्री हुन पुगेका छन् ।

मंगलवार संसदमा भएको निर्वाचनमा कुल ५५८ सांसदहरुमध्ये ३८८ सांसदहरुले देउवाको पक्षमा मत हालेका थिए भने विपक्षमा १७० मत परेको थियो ।

देउवालाई प्रधानमन्त्रीको रुपमा निर्वाचित गर्नको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पत्रकाराहरुसँग संक्षिप्त कुराकानी गर्दै संविधानको कार्यान्वयन नै मुख्य प्राथमिकता भएको बताए । त्यसैगरि उनले छिमेकी दुई मुलुक भारत र चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने बताए ।

 

 


क्लिकमान्डु