प्रधानन्यायधीश शुसीला कार्कीले पेन्सन पट्टा बनाउन पाइनन्



काठमाडौं । प्रधानन्यायधीश शुसीला कार्कीले पेन्सन पट्टा बनाउन नपाएको खुलेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा प्रधानन्यायधीश कार्कीलाई अर्थमन्त्रालयले महाभियोगको आरोपमा पेन्सन पट्टा बनाउन नदिएको बताए ।

‘अर्थमन्त्रालयले कुन आधारमा र कसको आदेशमा पेन्सन पट्टा बनाउन दिएन,’ ओलीले व्यवस्थापिका संसद्मा भने,‘महाभियोग फिर्ता भएपछि दवावको आधारमा कार्कीलाई पेन्सन पट्टा बनाउन दिइनए।’

अर्थमन्त्रालयले महाभियोग प्रस्ताव दर्ता भएको देखेपनि फिर्ता भएको नदेखेको भन्दै आलोचना गरे ।

ओलीले कार्कीको पेन्सन पट्टा अर्थले बनाउन नदिएको आरोप लगाएको समयमा उपप्रधान एव्म अर्थमन्त्री कृष्णबहादुर महरा र उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी खासखुस गर्दै थिए ।

शुसीला कार्कीले उमेरहदको कारण आजदेखि प्रधानन्यायधीशबाट अवकासमा जादैछिन् ।


क्लिकमान्डु