रामदेवका औषधी नेपालमा प्रतिबन्ध



काठमाडौं । सरकारले योगगुरु बाबा रामदेवको कम्पनीले उत्पादन गर्ने औषधीलाई प्रतिबन्ध लगाएको छ ।

रामदेवकोे कम्पनी दिब्या फार्मेसीले उत्पादन गर्ने औषधी औषधी व्यवस्था विभागले बजार अनुगमन गर्दा न्यून गुणस्तरको पाइएको हुँदा औषधी फिर्ता गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागले औषधी फिर्ताको बारेमा सार्वजनिक सूचना जारी गरेर दिब्या फार्मेसीले उत्पादन गरेको औषधी प्रयोग नगर्न भनेको छ ।

स्वास्थ्य सेवा विभागले दिब्या फार्मेसीबाट उत्पादन गरेका औषधिमा विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्णलाई प्रतिबन्ध लगाएको हो ।

विभागले औषधी ऐन २०३५ को दफा १४ अनुसार रामदेवको कम्पनीले उत्पादन गरेको कम्पनी प्रतिबन्ध लगाएको हो ।

रामदेवका केही उत्पादन पछिल्लो समय भारतमा गुणस्तरहिन भएको प्रमाणित भएको पाइएका छन् ।

दिब्या फार्मेसी रामदेवको कम्पनी हो । जसबाट आर्युवेद औषधीको उत्पादन हुन्छ ।


क्लिकमान्डु