शिखर सुजको क्रेजि सेलमा उपभोक्ताको भिड



काठमाडौं । शिखर सुजको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको क्रेजि सेल मेलामा उपभोक्ताको भिड लागेको छ ।मेलाको ७ दिन बितिसक्दा यस मेलालाई हजारौ उपभोक्ताहरुले अभिरुचीपुर्वक अवलोकन गरिसकेका आयोजकले जानकारी दिएको छ ।

क्रेजि सेल मेलामा विभिन्न कम्पनीले गर्मी याम लक्षित गरि नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्रि वितरणमा ल्याइएको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको क्रेजि सेल मेलामा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ८५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । मेलामा १०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ ।

शिखर शुजद्वारा उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।

शिखर सुज ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु क्रेजि सेल मेलामा उपलब्ध छन् । यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको छ ।

कोही नझुक्किउन् र नठगीउन् भनेर उपभोक्ताहरुको हितलाई ध्यानमा राखी शिखर सुजमा उपलब्ध भएका सम्पूर्ण जुत्ता चप्पलहरुमा खुद्रा बिक्रि मुल्य अड्ढित गरिएको र नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गरिदै आएको शिखर सुजले जनाएको छ ।


क्लिकमान्डु