एलिका स्टाइलिस चिम्नी हुड र कुक टप्सहरु नेपाली बजारमा सार्वजनिक



काठमाडौं। सिजीको सहायक कम्पनी इ.ओ.एल.प्रा.लि.ले स्वस्थकर, सफा र सुरक्षित भान्साका लागि दशप्रकारका एलिका स्टाइलिस चिम्नी हुड सार्वजनिक गरेको छ ।

युरोपियन प्रविधि अनुरुप निर्माण गरिएका एलिका चिम्नी हुडहरु प्राविधिक रुपमा पूर्ण र कार्य र डिजाइनमा एक अर्काका पर्यायवाची बनेका छन् । भर्खरै सार्वजनिक गरिएका चिम्नी हुड हेर्दा नरम र चम्किलोका साथै आकर्षक आकारमा शिशा र खिया नलाग्ने स्टीलद्वारा निर्माण गरिएको छ । यी हुडमा टच कन्ट्रोल र शक्तिशाली इटालियन मोटर जडान गरिएको कम्पनीले जनाएको छ ।

१०१०—१२९० घनमिटर प्रति घण्टाका दरले धुवा तान्न सक्ने भएकाले यसले सबै प्रकारका खाना पकाउँदा भान्सालाई धुँवारहित समेत बनाउँछ । चिम्नीमा प्रयोग गरिएको इटालियन शक्तिशाली मोटरका कारण यसले कम विद्युतमा धेरै धुवा तान्न सक्छ । केही चिम्नीहरु टच कन्ट्रोल र केही पुस कन्ट्रोल प्रविधिका भएको कम्पनीको भनाई छ ।

वातावरण मैत्रीयण्ी चिम्नीहरुमा ४० वाट विद्युतखपत गर्ने ठाउँमा २ वाट विद्युत खपत गर्ने विद्युतीय ल्याम्प जडान भएको हुदाँयसले करिब करिब ९६ प्रतिशत विद्युत बचत गर्दछ । हुडमा जडान गरिएको शक्तिशाली इटालियन मोटरले कम आवाज दिनुका साथै यसको १५ वर्षको वारेन्टी समेत रहेको छ ।

इडीएस (एलिका डीप साइलेन्स) प्रविधि अर्थात अन्य मोटरको तुलनामा ३० प्रतिशत कम आवाज आउने र ३६०० टोरनाडिक सक्सन क्षमता भएको यो बजारमा उपलब्ध भएको एकमात्र ब्रान्ड हो ।

यस चिम्नीलाई सजिलै सफा गर्न सकिने गरी निर्माण गरिएको छ । ग्राहकको आवश्यकता अनुसार चिम्नीहरु ६० देखि ९० सेमी सम्मको आकारमा २५ हजार ७ सय ८० देखि ५७ हजार ४ सय २० रुपैया सम्ममा उपलब्ध छन् ।

त्यसैगरी, यस कम्पनीले विभिन्न प्रकारका कलात्मक ‘कुक टप्स‘ हरु नेपाली बजारमा सार्वजनिक गरेको छ । भान्सामा निकै सुन्दर र आकर्षक देखिने कुक टप्स अत्यन्तै सघन आकारमा निर्माण गरिएको छ । एलिका कुक टप्स दुइ, तीन र चार भारतीय प्रकारका पित्तल बर्नहरुको प्रयोग गरेर निर्माण गरिएको छ, जसले उपभोक्ताको खाना पकाउने तरिकाहरुको आवश्यतालाई पुर्ति गर्ने कम्पनीले जनाएको छ ।

एलिका ब्रान्डका कुक टप्सहरुका उपलब्ध प्रकारहरुलाई निर्माण भए अनुसार वा साधारण रुपमा (टु इन वान) आवश्यकताका आधारमा प्रयोग गर्न सकिन्छ, यो सुविधा मात्र एलिका ब्रान्डमा उपलब्ध छ ।

यी कुक टप्सहरुमा तामा धातुको बर्नर जडित रहेको छ भने एक वर्षको वारेन्टी समेत रहेको छ । उपभोक्ताहरुले आफू अनुकुलहुने गरी कुक टप्सहरु खरिदगर्न सक्नेछन । यी कुक टप्सहरुको बजार मूल्य ९ हजार १ सय नब्बे रुपैयाँदेखि २९ हजार १ सय ७० रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु