भरतपुरमा मतदान वा मतगणना चोलेन्द्रको हातमा



काठमाडौं । भरतपुर महानगरपालिकामा पुनः मतदान रोक्न माग गर्दै परेको मुद्दा न्यायधीश चोलेन्द्र शमशेर राणाको इजलासमा परेको छ ।

सर्बोच्च अदालतमा आइतवार अधिवत्ता तुलसीराम पाण्डे र वडा नम्बर १९ का एमालेका तर्फबाट दलित सदस्य उम्मेद्वार गुन्जमान बिकले निर्वाचन आयोगलाई प्रमुख प्रतिपक्षी बनाएर रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले भरतपुरमा मतगणना जारी रहँदा ९० मत च्यातिएपछि पुनः मतदान गराउने निर्णय गरेको थियो ।


क्लिकमान्डु