भरतपुरमा मतगणना गराउन माग राख्दै सर्बोच्चमा रिट



काठमाडौं । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयमा मतगणना गराउन माग राख्दै सर्बोच्च अदालतमा रिट दायर भएको छ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणना गर्दै गर्दा ९० मत च्यातिएपछि पुनः मतदान गराउने निर्र्णय गरेको थियो ।

आयोगले गरेको निर्णय खारेज गर्न माग राख्दै अधिवक्ता तुलसीराम पाण्डे र भरतपुर महानगर वडा नम्बर १९ का एमालेको तर्फबाट दलित सदस्य उम्मेद्वार गुन्जमान विकले रिट दायर गरेका हुन् ।

आयोगले गरेको निर्णय बदर नभएमा भविष्यमा स्वतन्त्र तरिकाले मतदान नहुँने र मतपत्र च्यातिने प्रविति देखिने भन्दै रिट निवेदकले आयोगको निर्णय खारेज गर्न माग राखेका छन् ।

रिट निवेदनले च्यातिएको ९० मतलाई बदर मानेर मतगणना सुचारु गराउन माग राखेका छन् ।


क्लिकमान्डु