लण्डन ब्रीजमा आतंककारी हमला, ६ को मृत्यु ३० बढी घाइते



लण्डन ब्रीजमा भएको आतंकारी आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका छन्, भने ३० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

स्थानिय समय अनुसार रातको १२.३० बजे हमला भएको थियो । लण्डन ब्रीजको नजिक रहेको बरो मार्केटमा आतंककारी हमला भएको हो ।

उक्त घटनामा ४ आतंककारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अहिले लण्डन ब्रीज पूर्ण बन्द गरिएको छ । यस्तै प्रकृतिको हमला २२ मेमा म्यान्चेस्टरमा समेत भएको थियो ।

पछिल्ला दिनका आतंककारीले युरोपलाई मुख्य निशाना बनाउँदै आएका छन् ।


क्लिकमान्डु