के आज देउवा बन्लान आज देशको ४० औं प्रधानमन्त्री ? यस्तो छ आँकडा



काठमाडौं । आज संसदमा प्रधानमन्त्रीको निर्वाचन हुने कार्यक्रम तय भएको छ । निर्वाचन कार्यसुची अनुसार हिजो मनोनयन दर्तामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मात्र उमेद्वारी दिएका छन् ।

प्रमुख प्रतिक्ष नेकपा एमालेको संसद अबरोधका जारि राखेका कारण आज के हुन्छ भन्न सक्ने अबस्था छैन ।

अहिले सम्मको अबस्था हेर्दा देउवाको पक्षमा बहुमत पुग्ने देखिन्छ । उनको पक्षमा ३११ मत रहेको दाबी नेपाली काँग्रेसको छ । संसदमा कुल संसद संख्या ५९३ कायम रहेको छ । त्यसबाट बहुमतको लागी २९७ आवस्यक हुन्छ ।

माओवादी केन्द्रले यसअघि नै देउवालाई सर्मथन गर्ने जनाइसकेको थियो । हिजोको उमेद्वारी दर्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल नै उनको प्रस्तावक बसेका छन् भने काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सर्मथक बसेका छन् ।

उनको बिपक्षमा अहिलेसम्म जम्मा १९८ संसदमात्र देखिएका छन् । राप्रपा, संघिय समाजवादी, राजपा लगायतका दलहरु अहिलेसम्म कतै तिर खुलेका छैनन् । यद्यपी राप्रपाले सर्मथनगर्ने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा रहेको छ ।

यदि संसद चल्नसक्ने हो भने शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्री चुनिने छन् ।


क्लिकमान्डु